
प्रेम सम्बन्धमा रहेका जोडीले एकअर्कालाई दुई-चार हजारसम्म पर्ने उपहार दिनु सामान्य हो । उपहारले प्रेम सम्बन्धलाई मजबूत बनाउँछ भन्ने गरिन्छ । तर, नेपाली फिल्मका नायक सलिनमान बनियाँ भने आफ्नी प्रेमिकालाई निकै महंगो चिज गिफ्ट गरेका छन् । विगत ८ वर्षदेखि मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा रहेका उनले प्रेमिकालाई महंगो पर्ने गाडी उपहार दिएका हुन् ।
शनिवार अस्प्रिनाले इन्स्टाग्राम स्टोरीमा सेतो रंगको एक गाडीको तस्विर राख्दै सलिनमानबाट आफूले गिफ्ट पाएको उल्लेख गरेकी छन् । अर्को स्टोरीमा उनले सलिनमानलाई गाडीमा राखेर हिँडाएको एक भिडियो क्लिप्स पनि पोस्ट गरेकी छन् । अस्प्रिनाले प्रेमीबाट उपहारमा पाएको गाडी ‘प्यूजो ३००८’ हो । यो गाडीलाई नेपालमा एक करोड ३६ लाखदेखि ४५ लाखसम्म पर्ने गरेको छ ।
सलिनमानले यति महंगो गाडी प्रेमिकालाई उपहारमा दिएको जो कोहीलाई पत्याउन गाह्रो पर्छ । तर, अस्प्रिना आफैंले सलिनमानले आफूलाई गाडी गिफ्ट गरेको उल्लेख गरेकाले नपत्याएर पनि सुःख छैन । हुनत, सलिनमान सम्पन्न परिवारका छोरा हुन् । फिल्म क्षेत्रमा उनी जति धनाड्य नायक अरु नभएको चर्चा हुने गरेको छ । उनका पिताको काठमाडौंमा ठूलो व्यवसाय रहेको बताइन्छ ।

सलिनमानले सोसल मिडियामा प्रेमिकासँगका तस्विरहरु पोस्ट गरिरहेका हुन्छन् । उनीहरु चाँडै विवाह गर्ने तयारीमा समेत रहेको चर्चा छ । फिल्म ‘ए मेरो हजुर २’ बाट नायकको रुपमा डेब्यू गरेका सलिनमान पछिल्लो पटक फिल्म ‘यात्रा’ मा देखिएका थिए । यसपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् । अब उनी राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा मात्र काम गर्ने अडानमा छन् ।

