
कोरोना महामारीभन्दा अगाडि एकै मितिमा एकभन्दा बढी फिल्म भिड्नु सामान्य थियो । वर्षमै सयभन्दा बढी फिल्म निर्माण हुने हुँदा कमै फिल्मले सोलो रिलिज पाउँथे । विदेशी फिल्म आउँदा भाग्ने तर आफ्नै देशको फिल्मसँग भिड्ने प्रवृतिका कारण नेपाली फिल्म जति नै उफ्रे पनि भूइँमै सीमित छ । नेपाली फिल्म आ-आफैं भिडेर बस्दा दर्शकमा पनि राम्रो सन्देश जान सकेको छैन ।

फिल्म ‘कबड्डी’ को चौथो सिरिजको प्रदर्शन मितिसँगै टिजर सार्वजनिक भएको छ । दुई हप्ताअघि मुस्ताङमा छायांकन सकिएको फिल्मको सोमवार टिजर सार्वजनिक गर्दै आउँदो बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी) को जीवनमा मिरुना मगर (मिस शान्ति) को आगमनपछि आउने उतारचढावलाई टिजरमा देखाइएको छ ।

नेपाली, अंग्रेजी र गुरुङ गरी तीन भाषामा निर्माण भएको फिल्म ‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’ लाई विशेष शोमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । शनिबार सामाखुसीस्थित रानीदेवी पार्टी प्यालेसमा भएको शोमा उपस्थित दर्शकले देश विकासका लागि गाउँमै युवा जुट्न फिल्मले दिएको सन्देश मार्मिक लागेको बताएका थिए । दर्शकले कलाकारहरुको अभिनय पनि रुचाएका छन् ।

अभिनेत्री रेखा थापाले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामप्यारी’ बाट आभाष अधिकारीले नायकको रुपमा डेब्यू गरेका थिए । उनी रेखाकी दिदीका छोरा हुन् । यसैले उनले फिल्ममा सजिलै ब्रेक पाए । अरु निर्माता/निर्देशकलाई हात जोड्दै काम माग्नुपर्ने अवस्था भोग्नु परेन । तर, फिल्ममा प्रवेश गर्नभन्दा टिक्न गाह्रो छ । आभाषलाई पनि हिरो बन्नभन्दा टिकिरहन गाह्रो भएको छ ।

यही पुष ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको कमेडी फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले खरिद गरेको हो । आइतवार फिल्मको राइट्स खरिद-बिक्री सम्झौतामा हस्ताक्षर भएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । यो फिल्मको अष्ट्रेलिया राइट्स महंगोमा बिक्री भएको बताइएको छ ।

साउथका स्टाइलिस स्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा : द राइज’ शुक्रवारबाट संसारभर विभिन्न भाषामा प्रदर्शनमा आएको छ । प्रदर्शनभन्दा अगावै डिजिटल राइट्सबाट २ सय ५० करोड कमाइसकेको फिल्मले प्रदर्शनको दुई दिनमा संसारभर आक्रामक कमाई गरेको छ । सुकुमार निर्देशित फिल्मले दुई दिनमा संसारभरबाट सय करोडको आँकडा नघाएको छ ।

