Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मधुले अहिलेसम्म तरकारी किन्न पठाएकी छैनन् : राजेश हमाल

फिल्मीखबर, काठमाडौं, 2021/12/17
उमेरले ५० वर्ष नाघ्दासम्म बिहे नगर्दा सुपरस्टार राजेश हमालले ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नले कहिल्यै छुटकारा पाएनन् । प्रेमिका मधु भट्टराईसँग विवाह गरेपछि उनी यो प्रश्नबाट पूर्ण रुपमा मुक्त त भए तर केही वर्षयता फेरि अर्को प्रश्नले उनलाई लखेटिरहेको छ । मिडियाकर्मी हुन् वा अन्य व्यक्ति, अचेल हरेकले उनलाई अनिवार्य एउटै प्रश्न सोध्ने गरेका छन्, ‘पिता बन्न ढिला भएन र ?’ 
 
बिहीवार राजधानीमा आयोजिक एक कार्यक्रममा पनि उनले यो प्रश्नको सामना गर्नुपर्‍यो । त्यहाँ पत्रकारले होइन, उद्घोषिकाले ‘पिता कहिले हुने ?’ भनेर प्रश्न गरेकी थिइन् । हमालले पनि सधैंझैँ ठट्यौली शैलीमा जवाफ दिए, ‘पिता त पिता नै हो म तर अहिले चाहिँ कलाकारिताको पिता छु । अर्को पिताका लागि कोशिश जारी छ ।’ उनले छोरा र छोरी जे भए पनि बच्चा भए हुने बताए ।
 
rajesh hamal
 
उद्घोषिकाले अर्को प्रश्न गर्छिन्, ‘अहिलेसम्म बजार गएर तरकारी किन्नुभएको छ ?’ जवाफमा हमालले भनेका थिए, ‘सपिङ गर्न प्रायः मधु आफैं जान्छिन् । कहिले काहिँ उनले लिस्ट पठाइदिन्छिन् अनि म लिएर जान्छु । तर, प्रत्यक्ष गएर तरकारी भने किनेको छैन । तरकारी महंगो भन्ने कुरा मधुबाट चाहिँ सुनिरहेको हुन्छु । तर, मधुले अहिलेसम्म मलाई तरकारी किन्न पठाएकी छैनन् ।’ 
 
हालसालै ‘मन बुढो भएन’ बोलको गीतमा आवाज भरेका राजेश हमालले आफ्नो गायन कला ट्वाइलेटका लागि मात्र उपयुक्त रहेको बताएका छन् । उक्त कार्यक्रममा उनले उद्घोषिकाको आग्रहपछि ‘मन बुढो भएन’ गीतको सानो अंश पनि गाएर सुनाएका थिए । उनले आफूले अभिनय गरेका तीन सय बढी फिल्ममध्ये ‘युगदेखि युगसम्म, देउता’ मनसँग अत्यन्त नजिक रहेको बताएका छन् । 
 
उद्घोषिकाले हमाललाई समकालीन दुई अभिनेता शिव श्रेष्ठ र भुवन केसीमध्ये एक जना छान्न आग्रह गर्छिन् । जवाफमा हमालले भनेका थिए, ‘भुवन केसी र शिव श्रेष्ठ दुवै मेरा परम मित्र हुनुहुन्छ । तर, शिवजी आधात्मीक व्यक्ति पनि भएकाले कहिले काहिँ उहाँसँग विभिन्न विषयमा कुराकानी हुन्छ ।’ उनले करिश्मा मानन्धर र निरुता सिंहमध्ये अभिनयको हिसाबले निरुता रोजेका थिए । 
Most Visited News (monthly)