Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलमै पहिलो पटक ‘आदिवासी चलचित्र महोत्सव’ हुँदै

फिल्मीखबर, काठमाडौं, 2021/12/17
film-festival
 
मोफसलमै पहिलो पटक ‘आदिवासी चलचित्र महोत्सव २०७८’ आयोजना हुने भएको छ । विराटनगरमा पुष ९ र १० गते महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने उक्त महोत्सव प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा हुनेछ । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको फिल्महरु प्रदर्शन गरिने बताइएको छ ।
 
राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सवमा प्रदर्शन हुने फिल्महरु मध्येबाट उत्कृष्ट फिल्मलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिने र त्यसका लागि विभिन्न भाषा-भाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति गठन गरिने राजवंशी चलचित्रकर्मी समाद समितिले जनाएको छ ।
 
आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले जानकारी दिएका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने महोत्सवको समापन (पुष १० गते) विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गर्नेछन् ।
Most Visited News (monthly)