Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई कमेडी फिल्म फापेको छ : ऋषिराज आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2021/12/19
Rishi Raj Acharya
 
‘मिस्टेक, सपना तिम्रो मेरो, ड्रिम गर्ल र सुन्तलीलाई भगाई लग्यो झिल्केले’ सहित चारवटा फिल्मको निर्देशन गरिसकेका ऋषिराज आचार्य आफ्नो पाँचौ फिल्म ‘चुरिफुरी’ लाई पुष ९ गतेबाट दर्शकको जिम्मा लगाउँदैछन् । जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने गरेको ठगीको कथालाई निर्देशक आचार्यले कमेडी शैलीमा प्रस्तुत गरेका छन् । ट्रेलरबाट पनि फिल्मको मुल कथा बुझ्न सकिन्छ ।
 
यसअघि उनले कमेडी विषयमा बनाएको फिल्म ‘सुन्तलीलाई भगाईँ लग्यो झिल्केले’ ले राम्रो चर्चा कमाएको थियो । यसकारण उनी आफूलाई कमेडी फिल्म फापेको बताउँछन् । उनी भन्छन्, ‘फिल्म ‘सुन्तलीलाई भगाईँ लग्यो झिल्केले’ देश-विदेशमा राम्रो चलेको थियो । त्यो हिसाबले मलाई कमेडी फिल्म फापेको भन्न सकिन्छ । तर, निर्देशकको हिसाबले म धेरै चिजहरु सिर्जना गर्न खोज्छु ।
 
ट्रेलर हेर्दा दर्शकलाई फिल्मले हँसाउँछ भन्ने मात्र लागे पनि फिल्ममा आउने ट्विस्टले आँशु बगाउने आचार्यको दाबी छ । फिल्ममा आफूले प्रेमलाई पनि स्थान दिएको बताउँदै उनले प्रेम गर्दा के कुरामा सचेत हुनुपर्छ भन्ने सन्देश फिल्मले दिने बताए । आफूले निर्देशन गरेका अघिल्ला फिल्मभन्दा ‘चुरिफुरी’ कमर्शियल र मौलिक कथावस्तुका हिसाबले धेरै माथि रहेको उनले बताएका छन् 
 
कोभिडपछि दर्शकको फिल्म हेर्ने दृष्टिकोणमा परिवर्तन आएको स्वीकार गर्दै ऋषिराजले मौलिक कथालाई प्रस्तुती राम्रो गर्न सकिए दर्शकको साथ पाउने र यसका लागि नेपाली पाराकै फिल्म बनाउन जोड दिएका छन् । दर्शकलाई कलाकार र बजेटभन्दा पनि विषयवस्तुले विशेष महत्त्व राख्ने भएकाले आफूले मानिसको जीवनमा घटेका घट्नालाई नै ‘चुरिफुरी’ मा उतारेको उनी बताउँछन् । 
 
ऋषिराज आचार्य आफैं निर्माता रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतको अभिनय छ । रिना ढकाल सह-निर्माता रहेको यो फिल्ममा राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । 
Most Visited News (monthly)