Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘फाइट अफ फ्यूरी २’ पोस्टरमा सन्नीको एक्सन अवतार

फिल्मीखबर, काठमाडौं, 2021/12/17
fight-and-fury-2
 
मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली फिल्म ‘गोर्खा रक्षक’ का निर्माता समेत रहेका सन्नी बी केसीले निर्माण र अभिनय गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी २’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन् । फिल्मको कथा र निर्देशन पनि सन्नी स्वयंको हो । फिल्ममा हलिउडका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
अभिनेता ब्रुसली अभिनीत फिल्म ‘इन्टर द ड्रागन’ मा काम गरेका बब वालको समेत अभिनय रहेको फिल्ममा लियो फोङ्ग, जोस्फ माइकल, एम एम ए फाइटर लगायत हलिउड कलाकारको अभिनय रहेको छ । अंग्रेजी भाषामा बनेको फिल्मलाई नेपालीमा डब गरेर प्रदर्शन गरिने अभिनेता सन्नी बी केसीले जानकारी दिएका छन् । तर, यो फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
 
मानव तस्करीको कथामा निर्माण भएको फिल्मलाई हलिउडका सिनेमा घर र ओटीटी प्लेटफर्म पनि रिलिज गर्ने तयारीमा निर्माण टिम छ । ‘जाहवाज, गैर कानुनी, हत्या, दुश्मन’ लगायतका हिन्दी फिल्ममा समेत काम गरिसकेका केसी अभिनीत फिल्म ‘फाइट अफ फ्यूरी’ प्रदर्शनमा आइसकेको छ । यो फिल्मबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर दोस्रो पार्ट निर्माण गरेको उनले बताए । 
Most Visited News (monthly)