Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जाडोमा वर्षाको बोल्ड अवतार

फिल्मीखबर, काठमाडौं, 2021/12/19
barsha siwakoti
 
कलाकारका लागि भनेर बनेको एउटा चर्चित उखान छ- ‘बदनाम हुनु तर गुमनाम नहुनु ।’ कतिपय अवस्थामा बदनाम हुँदा पनि कलाकारलाई फाइदै हुन्छ । मिडियामा चर्चा भइरहन्छ । दर्शकको नजरमा पनि परिन्छ । गुमनाम हुँदा यी सबै कुराबाट बञ्चित हुनुपर्छ । यसैले चर्चाका भोक भएका कलाकारहरु बदनाम हुन तयार हुन्छन् तर गुनमान हुने कुराको कल्पना पनि गर्न सक्दैनन् । 
 
अचेल यो उखान अभिनेत्री वर्षा सिवाकोटीको हकमा साँच्चै नै लागू हुँदै आएको देखिन्छ । केही समय अगाडिसम्म आफ्नो बारेमा मिडियामा गसिप आउँदा उनको भोक-निन्द्रा हराउँथ्यो । आजभोली मिडियामा चर्चा भएन भने चाहिँ उनको भोक-निन्द्रा हराउँछ । यही कारण कहिले आफ्ना चर्का अभिव्यक्ति त कहिले प्रेम प्रशंगका कारण उनी मिडियामा गसिपको पात्र बनिरहन थालेकी छन् ।
 
वर्षाले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरहरुले पनि बेला-बखतमा ठूलै चर्चा कमाउँछ । शनिवार उनले इन्स्टा र फेसबुक पेजमा ‘माया र चुम्बन’ भन्दै निलो रंगको परिहन लगाएर खिचेका दुई तस्विर पोस्ट गरेकी थिइन् । तस्विरमा उनको कुमबाट झरेको लुगा कुइनोसम्म आइपुगेको छ भने छातीतर्फको भाग पनि धेरै खुलेको छ । उक्त पहिरनमा उनी निकै ‘हट एन्ड बोल्ड’ देखिएकी छन् ।
 
अभिनेता राज कटुवालसँग नाम जोडिएपछि चर्चामा छाइरहेकी वर्षाका चार फिल्म ‘लक्का जवान’, ‘परदेशी २’, ‘मनसँग मन’ र ए साथी सुन’ प्रदर्शनको तयारीमा छ । आजसम्म लिड अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै फिल्म सफल हुन नसके पनि उनलाई कामको कमी छैनन् । म्यूजिक भिडियोमा पनि उनको व्यस्तता लोभलाग्दो छ । यसैले उनलाई ‘भाग्यमानी अभिनेत्री’ भन्ने गरिन्छ । 
Most Visited News (monthly)