Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2021/12/22
Shuny Bee 2
 
नेपाली कलाकार तथा मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी सन्नी बी केसीले अभिनय गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको शिर्ष गीतको भिडियोमा सन्नीसँगै अमेरिकाका कलाकारहरु देखिएका छन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा भएको हो । 
 
अभिनेता ब्रुसलीले अभिनय गरेको फिल्म ‘इन्टर द ड्रागन’ मा काम गरेका बब वालको समेत अभिनय रहेको यो फिल्ममा हलिउड कलाकारहरु लियो फोङ्ग, जोस्फ माइकल र एम एम ए फाइटर मुख्य भूमिकामा छन् । अंग्रेजी भाषामा निर्माण भएको फिल्मलाई नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गरिने सन्नी बीले जानकारी दिए । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
 
मानव तस्करीको कथामा निर्माण भएको फिल्मलाई हलिउडका सिनेमा घर र ओटीटी प्लेटफर्म पनि रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । गीत सार्वजनिक कार्यक्रममा सन्नी बीले आफू अमेरिकामा बसोबास गरे पनि नेपाली फिल्म क्षेत्रको लागि काम गरिरहेको र नेपाली फिल्म बनाउने तयारीमा रहेको जानकारी दिए । उनले यसअघि नेपाली फिल्म ‘गोर्खा रक्षक’ बनाएका थिए ।
 

Most Visited News (monthly)