भारतको बहुप्रतिक्षित फिल्म 'आरआरआर'को रिलिज स्थगित भएको छ । एसएस राजामौली निर्देशित उक्त फिल्मको आगामी शुक्रबार रिलिज तय थियो ।

निर्देशक राजामौलीले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको कारण सिनेमा हलहरु बन्द हुने अवस्था आएकोले फिल्मको रिलिज सरेको जानकारी दिएका छन् ।
ट्रे़ड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत 'आरआरआर'को रिलिज मिति सरेको जनाएका छन् । अब कुनै उपयुक्त मितिमा फिल्म रिलिज गरिने बताईएको छ ।
'RRR' POSTPONED... OFFICIAL STATEMENT... #RRR #RRRMovie pic.twitter.com/gHYuE3Q9Cx
— taran adarsh (@taran_adarsh) January 1, 2022

