Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आकासे खेती’ को गीतमा विल्सनदेखि नीतासम्मको नृत्य

फिल्मीखबर, काठमाडौं, 2022/01/07
wiilson and neeta
 
आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ गीत सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर र विकास चौधरीको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा लगायत फिचर छन् । 
 
गीतको भिडियोमा राजिव सिंहको कोरियोग्राफी रहेको छ । रमा लिब्बु, जयनन्द लामा र शिशिर वाङ्देलको पनि अभिनय रहेको फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयलाई फिल्मले उठाएको छ । युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर फिल्म निर्माण गरेको निर्देशक सुब्बाले जानकारी दिए । 
 
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् । फिल्मको संवाद भने कलाकार विल्सन बिक्रम राईले लेखेका हुन् । फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।
 

Most Visited News (monthly)