Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद’ को सिक्वेल बन्न लागेको हो ?

फिल्मीखबर, काठमाडौं, 2022/01/09
dipendra k. khanal
 
नेपाली फिल्म क्षेत्र र फिल्मप्रेमी दर्शकका लागि निर्देशक दीपेन्द्र के। खनालले दिएको एउटा उत्कृष्ट र यादगार फिल्म हो, ‘पशुपति प्रसाद’ । गम्भीर विषयवस्तु, निर्देशकिय पक्ष, प्रस्तुती र कलाकारको अभिनयले फिल्मलाई जीवन्त बनाएको थियो । फिल्मले घरेलू बक्सअफिसमा पनि राम्रो व्यापार गरेको थियो । यो फिल्मबाट दीपेन्द्रले आफूलाई अब्बल निर्देशकको कोटीमा उभ्याएका थिए । 
 
यतिबेला उनी ‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा रहेको चर्चा छ । शुक्रवार राजधानीमा आयोजिक एक कार्यक्रममा उनले फिल्मको सिक्वेल बनाउनु पर्छ भन्ने लागे पनि डर लागिरहेको बताए । उनले भने, ‘म जहाँ पनि जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेल किन नबनाएको भनेर प्रश्न आउने गरेको छ । मलाई पनि बनाउनु पर्छ कि भन्ने लागेको छ तर आँट नै आइरहेको छैन ।’
 
‘पशुपति प्रसाद’ अहिले पनि दर्शकहरुको मनमा ताजा भएकाले फिल्मको सिरिज कसरी बनाउने भन्ने कुराले सताइरहेको बताउँदै दीपेन्द्रले अगाडि भने, ‘कोरोनाले यतिबेला फिल्म क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले यो बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनु पर्छ भन्ने चाहिँ लागेको हो । अहिले म र खगेन्द्र लामिछानेजी कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर अध्ययनको चरणमा छौं ।’ 
 
गत वर्ष दीपेन्द्रले दुई फिल्म ‘चिसो मान्छे र लकडाउन’ को एकसाथ निर्माण घोषणा गरेका थिए । ‘चिसो मान्छे’ को छायांकन पूरा भएर आउँदो बैशाख ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, ‘लकडाउन’ को निर्माणलाई भने उनले तत्कालका लागि पोस्टपोन्ड गरेका छन् । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) को प्रभाव हेरेर मात्र फिल्मको सुटिङ सुरु गर्ने उनले बताए । 
Most Visited News (monthly)