Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ लाई मल्टीप्लेक्सहरुमा उच्च शो

फिल्मीखबर, काठमाडौं, 2022/01/13
कोरोना महामारीको तेस्रो लहरका कारण भारतको कयौं राज्यका सिनेमा हलहरु बन्द भएपछि ‘जर्सी’, ‘आरआरआर’, ‘राधे श्याम’ जस्ता फिल्मको रिलिज पोस्टपोन्ड भए । नेपालमा पनि यी फिल्मको ठूलो प्रतिक्षा थियो । भारतीय फिल्मको रिलिज रोकिँदा नेपाली फिल्मलाई भने राहत मिलेको छ । अब नेपाली फिल्मले मल्टीप्लेक्समा राम्रो शो पाउनेछन् भने विदेशी फिल्मको डर रहने छैन ।
 
भोली शुक्रवारबाट फिल्म ‘चपली हाइट ३’ प्रदर्शन हुँदैछ । २०७६ सालमा कोरोना महामारीका कारण फिल्मको रिलिज रोकिएको थियो । हलहरु खुलेपछि पुष २ गतेलाई निर्माण टिमले रिलिज घोषणा गर्‍यो । तर, यही मितिमा साउथको हिन्दी डब फिल्म ‘पुष्पा’ र हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ प्रदर्शन हुने भएपछि निर्माताले फिल्मलाई पुष १५ हुँदै पुष ३० मा पुर्‍याएका थिए ।
 
chapali hight 3
 
यो फिल्मले पुष ३० लाई प्रदर्शन मिति मिति घोषणा गर्दा यही मितिमा साउथको हिन्दी डब फिल्म ‘राधे श्याम’ आउने तयारीमा थियो । यसको एक हप्ताअघि फिल्म ‘आरआरआर’ आउँदै थियो । जसले गर्दा पुष ३० बाट पनि फिल्म सर्ने कतिपयको अनुमान थियो । तर, कोरोना कहरले साउथका दुवै फिल्म अनिश्चितकालका लागि रोकिएपछि ‘चपली हाइट ३’ लाई लोट्री नै परेको छ । 
 
यतिबेला मल्टीप्लेक्सहरुमा ‘पुष्पा’, ‘स्पाइडर म्यान’, ‘अतरंगी रे’ र नेपाली फिल्म ‘कठपुतली’ प्रदर्शनरत छ । हलमा नयाँ नेपाली र विदेशी फिल्म नहुँदा ‘चपली हाइट ३’ ले मल्टीप्लेक्सहरुमा उच्च शो हात पारेको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले आफ्नो ९ वटा मेजर स्टेशनमा २६ शो दिएको छ । बिहीवार साँझसम्म अरु शो बढ्नेमा निर्माण टिम आशावादी छ । 
 
त्यस्तै, फिल्मले क्यूज सिनेमाज्मा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूब सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाज्मा ४ शो पाएको छ । बुधवारबाट काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुलाएका छन् । फिल्मको एडभान्स  बुकिङ भने औसत छ । फिल्मले सिंगल थिएटर पनि पर्याप्य पाएको बताइएको छ । 
 
निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको अभिनय छ । फिल्ममा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
Most Visited News (monthly)