Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

बलिउडस्टार अनिल कपुर र रणविर कपुरसँग अभिनय गर्दै विपिन कार्की

फिल्मीखबर, काठमाडौं, 2022/01/12
नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । 'एनिमल' टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताईएको छ ।
 
यो फिल्ममा अनिलसँगै रणविर कपुरको पनि प्रमूख भुमिका रहनेछ । विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर 'एनिमल'मा अफर गरिएको बताईएको छ ।
 
 
यसको सुत्रधार  ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटा हुन् । विशालले 'एनिमल'का निर्देशक सन्दीप रेड्डी भांगाको तेलुगु फिल्म 'अर्जुन रेड्डी'को नेपाली रिमेक बनाउने तयारीमा छन् । 'अर्जुन रेड्डी'को हिन्दी रिमेक 'कबिर सिंह' थियो ।
 
यसअघि फिल्म 'बर्फी'मा रणविरसँग नेपाली कलाकार भोलाराज सापकोटाले सँगै अभिनय गरेका थिए ।
Most Visited News (monthly)