Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ मा छानिएपछि निराश थिइन् नम्रता

फिल्मीखबर, काठमाडौं, 2022/01/22
Namrata Shrestha
 
अभिनेत्री नम्रता श्रेष्ठको डेब्यू फिल्म हो ‘सानो संसार’ । त्यसभन्दा अगाडि म्यूजिक भिडियो र विज्ञापनमा उनले आफूलाई स्थापित गरिसकेकी थिइन् । तर, उनको फिल्मप्रति भने रुची थिइन् । आलोक नेम्बाङसँग केही म्यूजिक भिडियोमा काम गरिसकेकाले उनकै आग्रहमा नम्रताले ‘सानो संसार’ का लागि अडिसन दिएकी थिइन् । तीनपटक अडिसन दिएपछि उनी फिल्ममा छानिइन् ।
 
हालै एक अन्तर्वार्तामा नम्रताले ‘सानो संसार’ मा छनोट भएपछि आफू निराश भएको बताएकी छन् । उनी भन्छिन्, ‘मेरो फिल्ममा काम गर्ने इच्छा थिएन । नेपाली फिल्म पनि खेल्ने र ? भन्ने सोच ममा थियो । त्यसअघि मैले नेपाली फिल्म हेर्दिन थिएँ । तर, आलोक दाईले अडिसनका लागि आग्रह गरेपछि म तयार भएँ । तीनपटक अडिसन दिएपछि म फिल्मका लागि छानिएको थिएँ ।’
 
आलोक नेम्बाङले अडिसनमा पास भएको खबर सुनाउँदा आफू निराश भएको नम्रता सम्झन्छिन् । ‘फिल्ममा छानिएको कुराले म खुसी हुने कि दुखी भन्ने नै बुझ्न सकेको थिइनँ । किनकि, म म्यूजिक भिडियो र विज्ञापनमै खुसी थिएँ । तर, अहिले महशुस हुन्छ कि ‘सानो संसार’ नगरेको भए म जीवनभर पछुताउने थिएँ । किनभने, मैले आजसम्म त्यस्तो टिम भेटेको छैन,’ उनले भनेकी छन् ।
 
पहिलो फिल्ममा नै स्थापित कलाकारसँग काम गर्दा नर्भस भएर डाइलग समेत बोल्न नसकेको उनी स्मरण गर्छिन् । तर, फिल्मको टिम राम्रो भएकाले काम गर्न सहज भएको उनको अनुभव छ । ‘सानो संसार’ पछि अध्ययनका लागि विदेश जाने तयारीमा रहेकी नम्रता विभिन्न कारणले नेपालमै रोकिइन् । तर, १४ वर्षमा पनि सोचे जस्तो परिवर्तन नेपाली फिल्ममा नभएको उनको भनाई छ ।
Most Visited News (monthly)