Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउथ फिल्म ‘थिरिमाली’ को गीतमा बोल्ड स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2022/01/22
Swastima Khadka
 
नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा कम्मर मर्काएकी छन् । उनलाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । डान्सिङ थिमको गीतको भिडियोमा उनको आकर्षक नृत्यले ध्यान खिच्छ । 
 
फिल्म मलयालम भाषामा निर्माण भए पनि गीत भने हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा चर्चित गायिका सुनिधि चौहानको स्वर सुन्न सकिन्छ । गीतको छायांकन काठमाडौंको दरवार स्क्वायरमा भएको पृष्ठभूमिमा देखिने दृश्यहरुले बुझाउँछ । फिल्मको कथालाई पनि जोडिएको गीतमा स्वस्तिमासँगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् । 
 
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका विभिन्न रमणीय स्थानमा खिचिएको छ । केही दिनअघि फिल्मको सार्वजनिक ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त स्थान दिइएको थियो । गत वर्ष कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको फिल्मले भारतबाट नेपाल आएका तीन जना साथीको कथालाई प्रस्तुत गरेको छ ।
 
हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ । स्वस्तिमा भने आइटम गीतमा मात्र देखिनेछिन् । भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको मुख्य भूमिका रहेको फिल्मलाई फजल अलीले खिचेका हुन् । 
 

Most Visited News (monthly)