Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलका लागि वरको खोजी

फिल्मीखबर, काठमाडौं, 2022/01/31
मिलन चाम्सले नेपाली फिल्म 'वर एन्ड वधु'को निर्देशन गर्न लागेका छन् । यो फिल्मको लागि नायिका आँचल शर्मा वधुको भुमिकाको लागि फाईनल् भएकी छन् ।
 
हालसम्म आँचल मात्र कास्ट भएको यो फिल्मको लागि 'वर' अर्थात पुरुष कलाकारको खोजी भईरहेको छ । कमेडी र लभ स्टोरी कथामा बन्ने यो फिल्मका लागि नयाँ नायकको खोजी गरिएको हो । चलचित्रमा काम गर्न चाहने फ्रेस युवकले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने निर्देशक मिलनले बताएका छन् ।
 
 
कोरोना कहरपछि नायिका शर्माले पहिलोपटक नेपाली फिल्ममा काम गर्ने लागेकी हुन् । यो फिल्मलाई लिएर उत्साहित उनले यसबीचमा नै ‘हिटम्यान’ नामक दक्षिण भारतिय फिल्ममा भने भने काम गरिसकेकी छिन् ।
 
वर एन्ड वधु' एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने बताईएको छ । अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाईएको छ । 
 
मिलनले हाल फिल्म ‘गोर्खा  वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।
 
 
 
Most Visited News (monthly)