Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के नेपाल आउँदैछन् सलमान खान ?

फिल्मीखबर, काठमाडौं, 2022/01/29
salman khan
 
सन् १९९२ मा फिल्म ‘बुलन्द’ को छायांकनका लागि नेपाल आएका बलिउड सुपरस्टार सलमान खानले त्यसपछि नेपालमा पाइला टेकेका छैनन् । तर, उनको फ्यान फ्लोइंग नेपालमा जबरजस्त छ । उनका फिल्म रिलिज हुँदा नेपालका सिनेमा हलहरुमा दशैं नै लाग्छ । उनलाई नेपाल ल्याउनका लागि व्यवसायिक घरानाले समेत कयौं प्रयास गरेका छन् । तर, त्यो सम्भव हुन सकेको छैन । 
 
फेरि एकपटक सलमान खान नेपाल आउन लागेको चर्चा सुरु भएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले उनलाई नेपाल आउन निम्तो गरेको र उनी सकारात्मक देखिएको बताइएको छ । यसै साता साउदी अरबमा भएको ‘जोय अवार्ड’ मा सहभागी हुने क्रममा निर्मलले सलमानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
 
सलमानसँगको एक तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्मल पूर्जाले लेखेका छन्, ‘सलमान भाईलाई भेटेर एकदमै खुसी लाग्यो । नम्र र प्रसिद्ध । मेरो देशमा छिटै भेट हुनेछ ।’ निर्मललाई सलमान खानसँग नेपालका उद्योगपति निर्वाण चौधरीले भेटाएका हुन् । संसारका चर्चित सेलिब्रेटीहरुलाई बोलाएर काठमाडौंमा एक कार्यक्रम गर्न लागेका निर्मलले सलमानलाई पनि निम्तो दिएका हुन् ।
 
गत नोभेम्बरमा निर्मल पूर्जामाथि बनेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ नेटफिल्क्समा रिलिज भएको थियो । यो डकुमेन्ट्रीले उनलाई संसारभर चिनाएको छ । ब्रिटिश आर्मी समेत रहेका निर्मल पूर्जाले ४८ घन्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेर रेकर्ड राखेका छन् । उनको नाममा जाडो मौसममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ ।
 

Most Visited News (monthly)