Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ आउने भएपछि ‘लप्पन छप्पन २’ को आपत्ति

फिल्मीखबर, काठमाण्डौ, 2022/02/10
ma yesto geet gauchhu 2 and lappan chappan 2
 
कोरोना महामारीका कारण दुई चरण हलहरु बन्द भएपछि नेपाल चलचित्र संघले यसपालीको फूलपातीबाट हल खोल्ने निर्णय गर्दै नेपाली फिल्मको रिलिज व्यवस्थित गर्न तीन महिनासम्म एकै मितिमा दुई नेपाली फिल्म रिलिज नगर्ने घोषणा गरेको थियो । पछि यो अवधि लम्ब्याएर बैशाख १ गतेसम्म पुर्‍याइयो । यही नियमले गर्दा गत महिना ‘कठपुतली’ सँग ‘चपली हाइट ३’ भिड्न पाएन । 
 
चलचित्र संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुक गर्ने फिल्मलाई प्रदर्शनको अनुमति दिने बताएको थियो । तर, यसपटक संघले आफ्नै निर्णय लत्याउँदै पहिला नै संघमा निवेदन दिएर प्रदर्शन मिति बुक गरेको फिल्ममाथि अर्को फिल्म भिडाउने निर्णय गरेको छ । संघले फागुन १३ गते फिल्म ‘लप्पन छप्पन २’ सँग फिल्म ‘म यस्तो गीत गाउँछु २’ भिडाउने निर्णय गरेको हो । 
 
यो मिति सबैभन्दा पहिला ‘लप्पन छप्पन २’ ले घोषणा गरेको थियो । फिल्मको निर्माण टिमले संघमा निवेदन दिएर प्रदर्शन मिति पनि टिपायो । तर, यसै साता चलचित्र संघ र निर्माता संघको एक कार्यदलले फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई पनि रिलिज अनुमति दिएपछि विवाद सुरु भएको छ । एकै मितिमा दुई नेपाली फिल्म भिडाउने निर्णयको अहिले विरोध भइरहेको छ ।
 
यसबीच, ‘लप्पन छप्पन २’ को निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चरले बिहीवार एक विज्ञप्ति जारी गर्दै फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन गर्न दिने चलचित्र संघको निर्णयप्रति आपत्ति जनाएको छ । निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुष १९ गते चलचित्र संघमा निवेदन दिएर (दर्ता नं. ३५१) फिल्मको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ । 
 
lc 2
 
निर्माता मिश्रले ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र आफ्नो फिल्मलाई प्रदर्शन अनुमति दिन चलचित्र संघसँग आग्रह गरेका छन् । मुकुन्द भट्ट निर्देशित फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको अभिनय छ । कोरोना महामारीका कारण दुई वर्षदेखि अड्किएर बसेको यो फिल्म ठूलो बजेटमा निर्माण भएको हो । 
Most Visited News (monthly)