Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली’को ‘म भइनँ भने’ गीतमा रोमान्टिक बने पारस र दिव्या

फिल्मीखबर, काठमाडौं, 2026/08/23

Cool Boy (Paras Bam Thakuri), Divya Rayamajhi

 

हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको यस गीतमा सुरेश लामा र दुर्गा खरेलले स्वर दिएका छन् । शब्द तथा संगीत अर्जुन पोखरेलको हो । उनी फिल्मका प्रस्तुतकर्ता समेत हुन् । गीतमा युवायुवतीबीचको प्रेम र समर्पणको भाव व्यक्त छ । 

भारतका चर्चित पर्यटकीय क्षेत्र दार्जिलिङ, मिरिक र सिक्किमका चिया बगानदेखि फुटबल मैदानसम्म छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझी देखिएका छन् । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । भिडियोमा उत्सव दाहालको छायांकन तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

फिल्मको यसअघि सार्वजनिक ‘दिलमा ठाउँ छ’ गीत दर्शकमाझ लोकप्रिय भइसकेको छ । गीतलाई युट्युबमा झन्डै ९० लाखले हेरिसकेका छन् भने टिकटकमा १० लाखभन्दा बढी भिडियो बनेका छन् । यस गीतले फिल्मको ‘हाइप’ निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । गीत लोकप्रिय बनेसँगै विदेशमा फिल्मको माग समेत बढेको छ ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्मातामा छन्‌ ।