Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बा : एक योद्धा’को ट्रेलरमा टुक्रिएको परिवारको कथा

फिल्मीखबर, काठमाडौं, 2026/08/21

BAA - EK YODDHA

 

संगीतकारको रूपमा परिचित हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच साढे २ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । एउटा खुसीयाली परिवारमा आएको विग्रहको कथा यसमा समेटिएको छ । 

ट्रेलरको केन्द्रमा अभिनेता दिव्यदेव छन् । दुई सन्तानको पिताको भूमिकामा रहेकाले उनले परिवारका लागि गरेको संघर्ष र त्यागलाई मर्मस्पर्शी ढंगले देखाइएको छ । छोरीको बिहेमा लागेको ऋणले कसरी एउटा मध्यमवर्गीय परिवार तहसनहस हुन्छ भन्ने ट्रेलरमा देखाउन खोजिएको छ । समग्रमा ट्रेलर भावनात्मक उतारचढावले भरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शन हुने यस फिल्ममा दिव्यदेवसहित झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, अनिल बुढाथोकी, चन्द्र नेपाल, करण शाहलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई गायक वसन्त लम्सालले निर्माण गरेका हुन् । उनले यसअघि फिल्म ‘कर्मा’ बनाएका थिए ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्मातामा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, सुरेन राईको कोरियोग्राफी, नवीन श्रेष्ठको ध्वनि संयोजन तथा रोमन बज्राचार्यको पार्श्व ध्वनि रहेको छ ।