Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भलिबल खेलाडीमा समर्पित ‘बुकी’को गीत

फिल्मीखबर, काठमाडौं, 2026/08/23

BUKI Nepali Movie

 

विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको फिल्म ‘बुकी’को भलिबल खेलमा आधारित गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र रचना रिमालको स्वर रहेको ‘तनमनमा भलिबल’ गीतमा भलिबल खेलमार्फत राष्ट्रका लागि आफ्नो जीवन समर्पित गरेका खेलाडीको कथा प्रस्तुत गरिएको छ । गीतमा मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत छ । 

गीतको भिडियोमा उच्च हिमाली गाउँमा महिला र पुरुष दुवैले भलिबल खेलिरहेका दृश्य समावेश छन् । यसले नेपालका पहाडी गाउँमा भलिबलप्रति रहेको आकर्षणलाई दर्शाउँछ । फिल्मका मुख्य जोडी देबेन्द्र बब्लु र रोशनी कार्की पनि भिडियोमा देखिएका छन् । गीतले फिल्मको मूल कथा नै भलिबल खेलमा आधारित रहेको प्रस्ट पार्छ । 

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’को प्रस्तुतिमा बनेको यस फिल्ममा देबेन्द्र र रोशनीसहित सुरक्षा पन्त, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटन क्षेत्रमा भएको हो । 

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको फिल्ममा प्रकाश आले र राजन केसी कार्यकारी निर्माता तथा जितु थापा र सुनील बुढाथोकी सह-निर्मातामा छन् । ‘क्रिएटिभ प्रोडुसर’  राजेश थापा र बसुन्धरा खरेल हुन् । फिल्ममा विकास गन्दर्भको छायांकन तथा भुपेन्द्र अधिकारी र रोहन कुमालको सम्पादन रहेको छ । फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।