Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विश्व बक्स अफिसमा ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’को आँधी

फिल्मीखबर, काठमाडौं, 2026/08/03

Spider-Man: Brand New Day

 

मार्भल स्टुडियोज र सोनी पिक्चर्सको नयाँ सुपरहिरो फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले विश्व बक्स अफिसमा ऐतिहासिक सुरुवात गरेको छ । फिल्मले अन्तर्राष्ट्रिय बजारबाट ५७३ मिलियन डलर र उत्तर अमेरिकामा ३३५ मिलियन डलर कमाउँदै पहिलो सप्ताहन्तमै विश्वव्यापी ९२७ मिलियन डलर (नेपाली १४ अर्ब ९० लाख)को व्यापार गरेको छ । 

यो व्यापारसँगै ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ विश्वव्यापी सबैभन्दा ठूलो ओपनिङ गर्ने दोस्रो हलिउड फिल्म बनेको छ । यसले ‘एभेन्जर्सः इन्फिनिटी वार’को ६४०.५ मिलियन डलरको रेकर्ड तोड्दै दोस्रो स्थान हासिल गरेको हो । पहिलो स्थानमा भने ‘एभेन्जर्सः एन्डगेम’ छ, जसले १.२ बिलियन डलर (नेपाली १८ अर्ब २४ करोड रुपैयाँ)को विश्वव्यापी ओपनिङ गरेको थियो । 

‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले घरेलु बजारमा पहिलो सप्ताहन्त ३५५ मिलियन डलर कमाउँदै अर्को रेकर्ड पनि आफ्नो नाममा गरेको छ । यो अमेरिकी बक्स अफिसको इतिहासमा हलिउड फिल्मले गरेको दोस्रो ठूलो ओपनिङ हो । पहिलो स्थानमा सन् २०१९ को ‘एभेन्जर्स: एन्डगेम’ छ, जसले ३५७ मिलियन डलर कमाएको थियो ।

‘एभेन्जर्सः एन्डगेम’पछि कुनै फिल्मले पहिलो सप्ताहन्तमै घरेलु बजारमा ३०० मिलियन डलर कमाउन सकेका थिएनन् । तेस्रो ठूलो घरेलु ओपनिङ ‘स्पाइडर–म्यानः नो वे होम’ (२६० मिलियन डलर)को नाममा छ भने चौथो स्थानमा ‘एभेन्जर्सः इन्फिनिटी वार’ (२५७ मिलियन डलर) रहेको छ । योसँगै सबैभन्दा ठूलो घरेलु ओपनिङ गर्ने शीर्ष चार फिल्म नै मार्भल स्टुडियोजको बनेका छन् ।

‘शाङ–ची एन्ड द लेजेन्ड अफ द टेन रिङ्स’का निर्देशक डेस्टिन ड्यानियल क्रेटनको निर्देशनमा बनेको फिल्मले समीक्षक र दर्शक दुवैबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्मले समीक्षा संकलन गर्ने वेबसाइट ‘रोटेन टोमाटोज’मा ९० प्रतिशत रेटिङ पाएको छ भने सिनेमास्कोरमा ‘ए’ ग्रेड प्राप्त गरेको छ, जसले फिल्मप्रति दर्शकको विश्वास अझ बढाएको छ ।