Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जदौ’को टिजरमा दुई पुस्ताको कथा

फिल्मीखबर, काठमाडौं, 2026/08/22

movie jadau

 

आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत सार्वजनिक झन्डै एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । दुई पुस्ताको सम्बन्धलाई केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेम र श्रीमान्-श्रीमतीबीचको झगडालाई प्रस्तुत गरिएको छ ।

टिजरको सुरुवात प्रभातपाल ठकुरीको ‘भ्वाइस ओभर’सँगै हुन्छ, जहाँ उनी नीति शाहसँग रोमान्टिक देखिएका छन् । लगत्तैको दृश्यमा राजश्री थापा रोमाञ्चित हुँदै कसैको यादमा डुबिरहेकी देखिन्छिन् । टिजरको अन्तिममा भने मुकुन भुसाल आक्रोशित हुँदै ऋचा शर्माको घाँटी अठ्याइरहेका छन् । यी दृश्यले फिल्म प्रेम र पारिवारिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतका कलाकारहरूको पनि रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक लिम्बू स्वयंले तयार पारेका हुन् । 
 
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको जनाइएको छ ।