Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पार्वती’को ट्रेलरमा दिदीभाइको मर्मस्पर्शी कथा

फिल्मीखबर, काठमाडौं, 2026/08/20

PARVATI

 

रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शन हुने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको एक साताअघि निर्माण पक्षले ट्रेलर दर्शकमाझ ल्याएको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले दिदीभाइको मर्मस्पर्शी कथा पेस गरेको छ । ट्रेलरको केन्द्रमा नीता ढुंगाना र अशोक दर्जी छन् ।

नीताले अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी पार्वती पात्रको भूमिकामा अभिनय गरेकी छन् । उनको भाइको भूमिका अशोकले निर्वाह गरेका छन् । दिदीभाइको सम्बन्ध, सन्तानप्रति आमाबुबाको प्रेम, सामाजिक अन्धविश्वास, फरक क्षमता भएका व्यक्तिलाई समाजले गर्ने व्यवहारजस्ता पक्षलाई मर्मस्पर्शी रूपमा देखाइएको ट्रेलरले सशक्त कथावाचनको छनक दिएको छ । 

नीता ढुंगानाको निर्देशनमा तयार भएको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनी, रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहेको छ ।