Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश र अञ्जनाले सकाए ‘आशा’को छायांकन, माघे संक्रान्तिमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/08/20

mahesh tripathi and anjana baraili

 

सुपरहिट फिल्म ‘परान’का जोडी महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘आशा’को छायांकन सकिएको छ । बुधबार ३१ दिनमा फिल्मको छायांकन पूरा भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल नगरपालिकाका विभिन्न ठाउँमा गरिएको हो । 
 
फिल्मको इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई नगद ५१ हजार रुपैयाँ समेत सहयोग गरिएको छ । निर्मात्री थापाका अनुसार फिल्ममा स्पोर्ट ब्वायको रूपमा काम गरेका अर्जुनकी श्रीमती ‘ब्लड क्यान्सर’ (रक्त क्यान्सर)बाट पीडित रहेको जानकारी पाएपछि पारिश्रमिकबाहेक उपचारका लागि उक्त रकम प्रदान गरिएको हो । 

राजीव गुरुङको निर्देशनमा बनेको यस फिल्ममा महेश र अञ्जनासहित शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारहरूको अभिनय रहेको छ । बाल कलाकारमा चिराग श्रेष्ठ र काश्वी भण्डारी छन् । निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्ममा रामकुमार श्रेष्ठको सह-लेखन छ ।

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट प्रदर्शन हुने फिल्ममा नरेन्द्र मैनालीको छायांकन तथा युग भुसाल र समीर खरेलको संगीत रहेको छ । सम्पादन लोकेश बज्राचार्यले गर्नेछन् । फिल्मको देशव्यापी वितरणको जिम्मा करण श्रेष्ठ नेतृत्वको कम्पनी रिच इन्टरटेनमेन्टले लिएको छ । फिल्मले एउटा परिवारको कथा भन्ने जनाइएको छ ।