Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिप र पूजाले नृत्य गरेको ‘हली’ साउन २२ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2026/05/29

hali

 

‘मोहर’का निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘हली’ साउन २२ गते (७ अगस्ट)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । फिल्मले घोषणा गरेको उक्त मितिमा नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ पनि प्रदर्शन हुने तयारीमा छ । 

फिल्मको एक पोस्टरमा कलाकारहरू सरोज खनाल, प्रमोद दीप, ओम प्रतीक, सुजता थापा र अर्जुन गुरुङ (भंगेरी डन) देखिएका छन् । पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरमा एक महिलाले ढुंगाको जीर्ण घरमा बसेकी युवतीलाई खाना दिइरहेको दृश्य पनि समावेश छ । यसले छाउपडी प्रथाको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा प्रमोद र सुजतासहित फिल्मको ‘चान्स पाए त’ बोलको गीतमा नृत्य गरेका कलाकारहरू दीलिप रायमाझी, किरण केसी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्की देखिएका छन् । उनीहरू फिल्मको यस गीतमा मात्र देखिनेछन् । निर्माण पक्षले करिब एक वर्षअघि उक्त गीत सार्वजनिक गरेको थियो, जसलाई युट्युबमा २५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्ममा सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, प्रमोद दीप, सुजता थापा, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी, ओम प्रतीकलगायतका कलाकारहरूको अभिनय रहेको छ । पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठले फिल्मको निर्माण गरेका हुन् । 

अर्जुन भुसाल कार्यकारी निर्माता र नम्रता भण्डारी सह-निर्माता रहेको फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, विपिन मल्लको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कविराज गहतराज र ओम प्रतीकको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यस फिल्मको वितरण नेशनल सिने ग्रुपले गर्नेछ । 

Most Visited News (monthly)