Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘यो मन त मेरो नेपाली हो’, असारको पहिलो र अन्तिम रिलिज फिल्म

फिल्मीखबर, काठमाडौं, 2025/07/11

 

हरेक वर्षको असार र साउनमा फिल्म रिलिजको खडेरी नै हुने गरेको छ । यो दुई महिना वर्षायाम भएकाले निर्माताहरु व्यापार प्रभावित हुने भयले फिल्म रिलिज गर्न चाहँदैनन् । यस वर्षको असारमा त झन् जम्मा एउटा फिल्म रिलिज भएको छ । त्यो हो, ‘यो मन त मेरो नेपाली हो’ । शुक्रबारदेखि हलमा लागेको यो फिल्म यसपालिको असार महिनाको पहिलो र अन्तिम रिलिज फिल्म हो ।

नेपाली भाषा, संस्कार, संस्कृति र भूमि जोगाउनुपर्छ भन्ने अभियानको कथामा बनेको यो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । मित्र प्रधान (नर)को निर्देशनमा बनेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन)को लगानी रहेको छ ।

भुटानी शासकबाट लेखिटएर नेपाल आएका भुटानीहरुको कथा पनि समेटिएको फिल्ममा शिवम् अधिकारीको पटकथा लेखन छ । झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा छायांकन गरिएको फिल्ममा सौरभ लामाको डीओपी, दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, बनिष शाहको सम्पादन तथा देव महर्जनको द्वन्द्व छ ।

देशभर ५० बढी शो पाएको फिल्मको बिहानी शोको अकुपेन्सी २ प्रतिशत पनि देखिएको छैन । दर्शक अभावले कति शो रद्द समेत भएका छन् । यो अवस्थामा फिल्मलाई व्यापारिक गति समात्न बलियो ‘वर्ड अफ माउथ’ मिल्न जरुरी छ । गत बुधबार काठमाडौंमा गरिएको प्रिमियर शोमा फिल्मको विषयवस्तुको प्रशंसा भएको थियो । यसैले दर्शकलाई फिल्म मन पर्नेमा निर्माण टिम विश्वस्त छ ।

Most Visited News (monthly)