Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको फेसबुक ह्याक गर्ने प्रहरी फन्दामा

फिल्मीखबर, काठमाडौं, 2021/04/06
 
निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । 
 
दीपाश्री लगायतले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा खटिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । 
 
जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ । गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे हुँदै दीपाश्री निरौला, सरोज खनाल लगायतको फेसबुक ह्याक भएको थियो । 
Most Visited News (monthly)