Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिश्मा र उपासनापछि ‘कबड्डी’ सिरिजमा मिरुनाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2021/04/06
 
फिल्म ‘कबड्डी’ बाट अभिनेत्री रिश्मा गुरुङ चर्चामा आइन् । उनी यो फिल्मको दोस्रो सिरिजसम्म प्रमुख भूमिकामा थिइन् । तेस्रो सिरिजमा भने अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भयो । अब ‘कबड्डी’ को फाइनल म्याचमा अर्की अभिनेत्री मिरुना मगर भित्रिएकी छन् । यूकेमा परिवारसँग बस्दै आएकी उनी यो फिल्मको वर्कसपका लागि गएको हप्ता काठमाडौं आइपुगेकी छन् ।
 
मिरुनाले फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यसपछि फिल्म ‘रोज, साइँनो र चच हुईं’ मा काम गरेकी उनले अहिलेसम्म सफलताको सुख प्राप्त गर्न सकेकी छैनन् । ‘कबड्डी’ आफैंमा सफल सिरिज भएका कारण उनको करिअरलाई ठूलो फाइदा पुग्ने विश्वास लिइएको छ । दर्शकले रुचाएको सिरिजसँग आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् ।
 
‘कबड्डी ४’ मा मिरुनासँगै गौमाया यात्री पनि फाइनल भएकी छन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्नेछिन् । दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा पनि फिल्ममा अनुबन्ध भइसकेका छन् । निश्चल बस्नेतको केमियो रहने फिल्ममा रिश्मा र उपासना रहने वा नरहने विषयमा भने निर्माण टिमले जानकारी दिएको छैन ।
 
अभिनेता दयाहाङ राईले फिल्म ‘बिहे पास’ को छायांकन पूरा गरेपछि बैशाखबाट ‘कबड्डी ४’ को छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । आउँदो असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई ‘कबड्डी’ सिरिजको अन्तिम भाग भनिएको छ । तर, निर्देशक रामबाबु गुरुङ नयाँ कथामा फिल्मको नामलाई भने निरन्तरता दिने सोचमा रहेको बुझिएको छ ।
Most Visited News (monthly)