Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको ‘सूर्यवंशी’ रिलिज रोकियो

एजेन्सी, मुम्बई, 2021/04/05
 
नेपालमा पनि निकै प्रतिक्षीत बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा कोरोना संक्रमण बढेपछि निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो । रोहित सेट्टी निर्मित तथा निर्देशित यो फिल्म ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा थियो । यसअघि पनि फिल्मको कोरोनाका कारण रिलिज रोकिएको थियो ।
 
संक्रमण बढ्न थालेपछि मुम्बईमा रात्रिकालिन कर्फ्यू लगाइएको छ भने विकेन्डमा लकडाउन घोषणा गरिएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका प्रायः फिल्मको रिलिज स्थगन भएको छ । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज रोकेका थिए । अब सलमान खानको ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिज पनि पोस्टपोन्ड हुने देखिएको छ ।
 
‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म हो । फिल्ममा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ । यो फिल्मले नेपालका सिनेमा हलमा दर्शकको चहलपहल बढाउने अपेक्षा गरिएको थियो । तर, कोरोनाका कारण अनिश्चितकालका लागि फिल्मको रिलिज पोस्टपोन्ड भएपछि नेपालका सिनेमा हलहरु फेरि सुनसान हुने भएका छन् ।
 

Most Visited News (monthly)