Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आदर्श नारी’ का निर्देशक लामालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

फिल्मीखबर, काठमाडौं, 2021/04/05
 
फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाजले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा ९२ वर्षिय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिएको छ । लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।
 
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्देशक ऋषि लामिछाने र महिला निर्देशक दीपाश्री निरौलालाई ‘युवा चलचित्र निर्देशक सम्मान’ प्रदान गरियो भने निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरी पनि सम्मानित भए । साधारण सभामा निर्देशक समाजले अक्षय कोषको समेत औपचारिक घोषणा गरेको छ । 
 
समारोहमा निर्देशक तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार नीर शाह, निर्माता राजकुमार राई, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजन तथा कान्तिपुर रेडियोका स्टेशन मेनेजर दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो । निर्देशक समाजकी अध्यक्ष रक्षा राणा हुन् । 
Most Visited News (monthly)