Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानलाई ‘मास्टर’ को हिन्दी रिमेकको अफर

एजेन्सी, मुम्बई, 2021/04/04
 
सुपरस्टार सलमान खानको साउथ फिल्मसँगको नाता गहिरो छ । एक समय लगातार फिल्म फ्लप भइरहँदा उनले साउथ फिल्म ‘सेथु’ को हिन्दी रिमेक ‘तेरे नाम’ मा काम गरेका थिए । यही फिल्मले उनलाई करिअरको उत्कर्षमा पुर्‍यायो । यसकारण पनि सलमानको साउथ फिल्मप्रति बेग्लै लगाव छ । उनी साउथ फिल्मको हिन्दी रिमेकको प्रस्ताव आउँदा सकारात्मक हुने गरेका छन् ।
 
यसबीच, उनलाई यसै वर्ष प्रदर्शनमा भएको साउथ फिल्म ‘मास्टर’ को हिन्दी रिमेकबाट प्रस्ताव आएको छ । यो फिल्मले धमाकेदार व्यापार गरेपछि यसको हिन्दी रिमेक बनाउन बलिउडका धेरै निर्माता इच्छुक देखिएका छन् । भारतीय मिडियाका अनुसार, निर्माता मुराद खेतानी यो फिल्मको हिन्दी रिमेकलाई लिएर गएको एक महिनादेखि सलमानसँग छलफलमा छन् ।
 
सलमान पनि ‘मास्टर’ को हिन्दी रिमेकको कन्सेप्टलाई लिएर सकारात्मक देखिएका छन् । तर, उनले बलिउडका दर्शकलाई मध्यनजर गरेर फिल्मको स्क्रिप्ट परिवर्तन गर्नुपर्ने सर्त राखेको बताइएको छ । ‘मास्टर’ मा साउथ सुपरस्टार विजय र विजय सेतुपतिले पहिलो पटक एकसाथ अभिनय गरेका छन् । कोरोना महामारीको समयमा पनि फिल्मले ठूलो कमाई गरेको थियो ।
Most Visited News (monthly)