Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बडी सेमिङ’ धर्तीको सबैभन्दा हास्यास्पद चिज : परिणीति चोपडा

फिल्मीखबर, काठमाडौं, 2021/03/28
 
करिअरको सुरुवाती दिनमा अभिनेत्री परिणीति चोपडा आफ्नो बढेको तौलका कारण निकै आलोचनाको शिकार भएकी थिइन् । तर, उनले आफ्नो तौललाई लिएर आलोचना गर्नेहरुसँग सहमत रहेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म उनीहरुसँग सहमत छु कि म सबैभन्दा राम्रो देखिएकी थिइनँ । मैले फिटनेसमा आफ्नो शतप्रतिशत दिन सकेको थिइनँ ।’
 
उनले ‘बडी सेमिङ’ धर्तीको सबैभन्दा हास्यास्पद चिज रहेको बताएकी छन् । उनी भन्छिन्, ‘कसैको कालो आँखालाई लिएर तिम्रो आँखा कालो कसरी हुनसक्छ ? भन्नु गलत हो । यो नेचुलर हो, जुन जन्मसँगै आउँछ । हरेक व्यक्तिले फिट हुने कोशिश गर्नुपर्छ । तपाईं आफ्नो बडी टाइपमा फिट हुन सक्नुहुन्छ ।’ सुरुवाती दिनमा आफूले फिट हुन मिहिनेत नगरेको उनको स्वीकारोक्ति छ ।
 
परिणीतिले २०११ मा फिल्म ‘लेडीज वर्सेस रिकी बहल’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । तर, उनलाई अभिनेत्रीको रुपमा पहिचान भने फिल्म ‘इशकजादे’ ले दिलाएको थियो । ‘शुद्ध देसी रोमान्स, गोलमाल अगेन, केसरी, जबरिया जोडी’ जस्ता फिल्ममा काम गरेकी उनको यो वर्ष तीन फिल्म ‘द गर्ल अन द ट्रेन प्लेट, सन्दिप और पिंकी फरार र सायना’ रिलिज भइसकेका छन् ।
Most Visited News (monthly)