Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा र अर्पणको ‘चिसो मान्छे’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2021/03/28
 
दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ को सुटिङ प्याकअप भएको छ । फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु भएको फिल्मको छायांकन शनिवार बझाङ पुगेर सकिएको हो । क्यामेरा ‘अन’ भएको २७ दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्देशक खनालले बताए । फिल्ममा अनुभवी कलाकारहरु भएका कारण समयमै छायांकन सकिएको उनको भनाई छ ।
 
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंको हो । उनले फिल्म सोचेको जस्तै बनेको बताएका छन् ।
 
लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथालाई फिल्ममा पेश गरिएको छ । निर्माण टिमले फिल्मलाई आउँदो भदौ ११ गते प्रदर्शन गर्ने तयारी गरेको छ । यो फिल्ममा स्वस्तिमाले बाजुराकी एक निम्न वर्गाीय महिलाको भूमिका निर्वाह गरेकी छन् । यसका लागि उनले लामो समय त्यस ठाउँमा बोलिने भाषा र लवज सिकेकी थिइन् । 
Most Visited News (monthly)