Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मसँग नवीन्द्रराज जोशीको नाता

फिल्मीखबर, काठमाडौं, 2021/03/27
 
कांग्रेस नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले शुक्रवार साँझ नर्भिक अस्पतालमा अन्तिम सास फेरे । मस्तिष्कघात भई फागुन १४ गते अस्पताल भर्ना भएका उनको ५७ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । मिलनसार र भद्र नेताको रुपमा चिनिएका उनको निधनप्रति राजनीतिक व्यक्तिदेखि फिल्मकर्मीसम्मले सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन् ।
 
झन्डै चार दशकदेखि राजनीतिमा सक्रिय नेता जोशी नेपाली फिल्मका निर्माता समेत हुन् । कांग्रेस नेता गणेशमान सिंहको जीवनीमा आधारित भएर सन् २००२ मा निर्माण भएको फिल्म ‘वीर गणेशमान’ लाई उनले निर्माण गरेका थिए । यो फिल्मका उनी कार्यकारी निर्मातामा थिए । सहजमान श्रेष्ठ र विजयरत्न तुलाधर निर्देशित फिल्मको आलेख र परिकल्पना समेत उनकै थियो ।
 
त्यसबेला उनले भोलीका दिनमा पनि महान व्यक्तिहरुको जीवनीमा फिल्म बनाउने बताएका थिए । तर, उनको त्यो सपना अब अधुरै रहेको छ । नेता जोशीलाई दीपकराज गिरी, केदार घिमिरे, आकाश अधिकारी, सुरेश दर्पण पोखरेल लगायतका फिल्मकर्मीले फेसबुकमार्फत् श्रद्धाञ्जली दिएका छन् । अहिले उनको शव श्रद्धाञ्जलीका लागि यट्खास्थित निवासमा राखिएको छ । 
 

Most Visited News (monthly)