मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2581 - 2586 of 22668
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २४, बुधवार

आगामी भदौबाट निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’मा सुलक्षण भारतीको नाम उल्लेख गरिने सहमति भएपछि स्क्रिप्टलाई लिएर उत्पन्न विवाद सुल्झिएको छ । मंगलबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेत्री रेखा थापाले सुलक्षणसँग प्रत्यक्ष भेट गर्दै फिल्मको कथा, पटकथा तथा संवादमा नाम उल्लेख गर्ने वचनबद्धता व्यक्त गरेपछि विवादले किनारा पाएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २३, मंगलवार

अभिनेता तथा गायक यश कुमारले मंगलबार आफ्नो आवाज, शब्द रचना तथा अभिनयमा ‘सुस्तरी-सुस्तरी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेका छन् । गीतमा नगर प्रहरी र सडकमा मकैं बेच्ने युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा नगर प्रहरीहरुले सडकपेटीमा व्यापार गर्नेहरुलाई बल प्रयोग गरेर हटाएको दृश्यहरु पनि छन्, जसले काठमाडौंको यथार्थ कथा बोल्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २३, मंगलवार

आगामी भदौमा निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’ स्क्रिप्ट विवादमा तानिएको छ । सुलक्षण भारतीले आफ्नो कथामा बिना अनुमति अर्कै लेखकबाट पटकथा तयार गरेर फिल्म निर्माण हुन लागेको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएपछि फिल्मको विवाद सतहमा आएको हो । र, सामाजिक सञ्जालबाट फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र सुलक्षणबीच जुहारी नै चलिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २३, मंगलवार

आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राजु गिरीद्वारा निर्देशित फिल्म ‘नम्बरी सुन’ ५ महिना पछाडि धकेलिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति ‘लक’ गरिएको छ । फिल्मको टिजर र एक गीत सार्वजनिक भैसकेको छ । भदौ १ मा अरु दुईवटा फिल्म रिलिज हुने भएपछि ‘नम्बरी सुन’ पोस्टपोन्ड भएको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २३, मंगलवार

हिमाल आरोहणमा रुचि भएकी अभिनेत्री दीया पुनले अफ्रिका महादेशकै सबैभन्दा अग्लो हिमाल किलिमन्जारो चढ्ने भएकी छन् । त्यसका लागि उनी अफ्रिका पुगेर किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् । उनी यही साउन २७ गते उक्त हिमाल चढ्ने योजनामा छिन् । तान्जानियामा अवस्थित हिमाल समुन्द्री सतहबाट ५ हजार ८९५ मिटर अर्थात् १९ हजार ३४१ फिटमा रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २३, मंगलवार

अभिनेत्री रेखा थापाले करिब ५ वर्षपछि अभिनय र निर्माणमा कमब्याक गर्न लागेको फिल्म ‘उपहार’ आगामी भदौबाट छायांकनमा जाँदैछ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्कीको अभिनय रहनेछ । तर, फिल्म छायांकनमा नजाँदै विवादमा तानिएको छ । फिल्मको टिमलाई सृजनात्मक दुरुपयोगको आरोप लागेको छ ।

Results : 2581 - 2586 of 22668