मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2569 - 2574 of 22661
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २५, बिहिवार

रंगमञ्च र फिल्ममा गर्विलो नाम बनाएका कलाकार माओत्से गुरुङले पोखरामै बसेर अभिनयलाई निरन्तरता दिँदै आइरहेका छन् । हरेक फिल्ममा अभिनयको प्रशंसा बटुल्दै आएका उनले मुख्य भूमिकामा काम गरेको नयाँ फिल्म ‘जय हो’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले दोर्जेको क्यारेक्टर निभाएका छन् । उनलाई यो क्यारेक्टर आफ्नो चरित्रसँग मिलेको लाग्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २४, बुधवार
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २४, बुधवार

अभिनेत्री स्वस्तिमा खड्काको पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’को हिरो को थिए ? जवाफ आउन सक्छ, सुशील श्रेष्ठ । तर, फिल्ममा स्वस्तिमाको जोडी सुशील थिएनन् । सुशील नाम गरेकै सुशील सिटौला थिए । दुवैको यो पहिलो फिल्म थियो । फिल्म सफल पनि भयो । यसको करिब ७ वर्षपछि फेरि एकपटक स्वस्तिमा र सुशीलबीच फिल्ममा सहकार्य जुरेको छ । त्यो फिल्म हो, ‘ऐँचो पैँचो’ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २४, बुधवार

अब सुपरस्टार दयाहाङ राईबिना नेपाली फिल्म नै नबन्ने स्थिति आएको देखिन्छ । ‘कबड्डी ४’ र ‘जारी’को सफलतापछि उनी ‘हाई डिमाण्ड’मा छन् । हरेक निर्माता उनलाई नै लिएर फिल्म बनाउन चाहिरहेका छन् । कतिपयले उनलाई नयाँ राजेश हमालको संज्ञा दिन थालेका छन् । अहिले उनीसँग एक दर्जनको आसपास फिल्म छ । यस वर्षका लागि उनको सेड्युल ‘प्याक’ नै भैसकेको छ ।

एजेन्सी, मुम्बई, २०८० श्रावण २४, बुधवार

बलिउड सुपरस्टार रणवीर सिंह पहिलो पटक डनको भूमिकामा देखिने भएका छन् । उनले हिट फ्रेन्चाइज ‘डन’को तेस्रो श्रृंखलामा मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले टिजरमार्फत् ‘डन ३’को औपचारिक रुपमा निर्माण घोषणा गर्दै रणवीरले डनको भूमिका निर्वाह गर्ने जानकारी गराएको हो । टिजरमा रणवीर आकर्षक लुक्समा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २४, बुधवार

आगामी भदौबाट निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’मा सुलक्षण भारतीको नाम उल्लेख गरिने सहमति भएपछि स्क्रिप्टलाई लिएर उत्पन्न विवाद सुल्झिएको छ । मंगलबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेत्री रेखा थापाले सुलक्षणसँग प्रत्यक्ष भेट गर्दै फिल्मको कथा, पटकथा तथा संवादमा नाम उल्लेख गर्ने वचनबद्धता व्यक्त गरेपछि विवादले किनारा पाएको हो ।

Results : 2569 - 2574 of 22661