

अबको ५ दिनमा २०८० साल विदा हुँदैछ । यस वर्ष नेपाली फिल्मको रिलिजमा खासै गुणात्मक वृद्धि देखिएन । गत वर्ष ४६ फिल्म रिलिज भएका थिए । यस वर्ष ५३ वटा पुग्नेछ । कोरोना महामारीभन्दा अगाडि झण्डै एक सयको हाराहारीमा फिल्म रिलिज हुँदै आएका थिए । त्यसमध्ये ६/७ वटा फिल्म मात्र सफल ठहरिन्थे । ५३ वटा फिल्म रिलिज हुँदा पनि सफलताको दर एउटै देखिन्छ ।


२०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा मञ्चन भएको नाटक थियो, ‘डिग्री माइला’ । त्यसबेला सर्वाधिक रुचाइएको यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । अब यही नाटकको नाम र विषयवस्तुमाथि फिल्म बनेको छ, ‘डिग्री माइला’ । फिल्ममा भने दयाहाङ कलाकारको रुपमा मात्र छन् । ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

होलीको अवसर पारेर चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ यस वर्ष सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ । ‘जारी’ १७ करोडमाथिको कमाईसहित पहिलो नम्बरमा छ भने ‘महाजात्रा’ले १० करोडमाथि कमाउँदै दोस्रो स्थान सुरक्षित गरेको छ । निर्माण टिमले शुक्रबार एक पोस्टरमार्फत् फिल्मको दुई हप्ताको कमाई १० करोड १४ लाख दाबी गर्दै ब्लकबस्टर घोषणा गर्यो ।

नेपाली फिल्मबीच भीडन्त नौलो होइन । यो नियति बनिसकेको छ । तर, अक्सर भीडन्त मितिको अभावले भन्दा पनि इगो साँध्न हुने गर्छ । कहिले, कहाँ, कोसँग चित्त बुझेको हुँदैछ, त्यसैको रिसमा फिल्म भिडाइने गरिन्छ । आगामी वर्षको जेठ १० गते अर्थात् बुद्ध जयन्तीमा पनि यही दोहोरिँदैछ । यो मितिमा ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ गरी तीनवटा फिल्म भिड्ने निश्चित भएको छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

