
कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको मर्मस्पर्शी गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ । फिल्मका कलाकारहरुको मनोविज्ञान, अवस्था र परिस्थितिलाई व्यक्त गरेको गीतले फिल्मको कथासार बुझाउन खोजेको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा सोमबार दिउँसो साढे १ बजे निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन तथा अलजाइमरको समस्याबाट ग्रसित थिए । निमोनियाको संक्रमण देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।


बलिउडमा गर्विलो नाम बनाएका स्वर्गीय अभिनेता इरफान खानले हलिउडसम्म आफ्नो अभिनयको जादू छरे । उनको अभिनयबाट हरेक वर्गका दर्शक प्रभावित बनेका थिए/छन् । राजस्थानको जयपुरमा जन्मिएका उनको चार वर्ष अगाडि (२०२० अप्रिल २९) न्यूरोएन्डोक्राइन ट्यूमरका कारण निधन भएको थियो । उनको निधनले बलिउडलाई ठूलो क्षति पुगेको छ । उनी जत्तिको उम्दा कोटीको कलाकार बलिउडले पाउन नसक्ने चर्चा हुने गर्छ ।

अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको रिलिज सारिएको हो ।

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को कमेडीयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलरले खजुरे पात्र (रेअर राई)लाई पछ्याएको छ । मनमौजी जीवन बाँचिरहेको उसको प्रेम जीवन र पैसाले गर्दा उत्पन्न परिस्थितिलाई ट्रेलरले देखाउँछ । खजुरे पात्रको जीवनशैली रोचक देखिन्छ । ऊ कहिले साबुन खान्छ त कहिले १७ प्लेट मःम । यो धरानको एक चर्चित व्यक्तिबाट प्रभावित पात्र हो ।