Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7387 - 7392 of 24027
एजेन्सी, मुम्बई, 2021-02-24, बुधवार

फिल्म ‘सदमा’ की स्मरण शक्ति गुमाएकी निर्दोष युवतीको भूमिका होस् वा फिल्म ‘मिस्टर इन्डिया’ मा निर्वाह गरेको चुलबुले भूमिका, अभिनेत्री श्रीदेवीले सिल्भर स्क्रिनमा आफ्ना हरेक भूमिकाबाट दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् । उनको नाम एक यस्तो अभिनेत्रीको रुपमा लिने गरिन्छ, जसले दमदार अभिनयले ८० र ९० को दशकमा दर्शकमा आफ्नो छाप छाडेकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-24, बुधवार

आउँदो चैत पहिलो साताबाट छायांकन सुरु हुन लागेको कमेडी फिल्म ‘फटाह फणिन्द्रे’ मा कलाकार द्वय बुद्धि तामाङ ‘हैट’ र रवि डंगोल ‘बेमान’ जोडिएका छन् । उनीहरुसँग निर्माण टिमले मंगलवार कागजी सम्झौता गरेको हो । अरुण खड्काले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसी फाइनल भइसकेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-02-24, बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते संसद विघटनको प्रस्ताव स्वीकृत गरेपछि सर्वोच्च अदालतमा दुई महिना लामो बहसपश्चात् संसद विघटनको मुद्दा किनारा लागेको छ । मंगलवार साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेपछि राजनीतिक दलदेखि आम नागरिकले खुसीयाली मनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-24, बुधवार

कलाकारको प्रेम र ब्रेकअपको खबर दर्शकका लागि चासोको विषय बन्ने गरेको हुन्छ भने मिडियाका लागि ‘ब्रेकिङ न्यूज’ । हलिउड/बलिउडतिर कलाकारको प्रेम, ब्रेकअप र डिभोर्सलाई अति सामान्य रुपमा लिने गरिन्छ । नेपाली फिल्म क्षेत्रमा पनि अचेल कलाकारको प्रेम र ब्रेकअप नौलो विषय होइन । महिनैपिच्छे कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबर मिडियाका लागि मसला बनिरहेका हुन्छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-02-23, मंगलवार

एक समय बलिउडमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री भाग्यश्री मंगलवारबाट ५२ वर्षकी भएकी छन् । उनको जन्म २३ फेब्रअरी १९६९ मा सांगलीका राजा विजयसिंह राव माधवन राव पटवर्धनमा भएको थियो । १९८९ मा आएको राजश्री प्रोडक्शनको फिल्म ‘मैंने प्यार किया’ बाट उनले सुखद डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता सलमान खान थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-23, मंगलवार

सरकारले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएपछि कोरोनाका कारण करीब १० महिना ठप्प भएको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । तत्काल सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु उत्साहित नदेखिए पनि फिल्म निर्माण धमाधम भइरहेको छ । अहिले केही फिल्म फ्लोरमा छन् भने दुई दर्जन बढी फिल्म छायांकनमा निस्कने तयारीमा छन् । 

Results : 7387 - 7392 of 24027
Most Visited News (monthly)