Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6661 - 6666 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2021-10-07, बिहिवार

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन पूरा हुनसाथ अभिनेत्री सुरक्षा पन्तले नयाँ फिल्म साइन गरेकी छन् । जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको फिल्म ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् । उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताएकी छिन् । फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ । कात्तिकबाट फिल्मको छायांकन सुरु हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-07, बिहिवार

भन्छिन, ‘पत्रकार र कलाकारबीच नंग र मासुको सम्बन्ध हुन्छ ।’ यी दुवै एकअर्काविना अपुरा हुन्छन् । कलाकारलाई दर्शकमाझ चिनाउन पत्रकारको हात रहन्छ भने पत्रकारलाई कलाकार समाचारका विषय हुन् । तर, पछिल्लो समय पत्रकार र कलाकारबीच दूरी बढ्दै गएको छ । मिडिया देख्नसाथ कलाकारहरु तर्सिन थालेका छन् भने कलाकारको व्यवहारले पत्रकार पनि रुष्ट छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-10-07, बिहिवार

कोरोना महामारीका कारण पहिलो लकडाउनमा नेपालका सिनेमा घर करीब ९ महिना पूर्ण रुपमा बन्द रहे । गत वर्षको पुष अन्तिममा सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिए पनि कोरोनाको दोस्रो लहर सुरु भएपछि तीन महिनामै हल बन्द भए । संक्रमण रोकथामका लागि बैशाख ६ गते काठमाडौंसहितका प्रशासन कार्यलयले सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-06, बुधवार

बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरु पनि जोडिएका छन् । यस फिल्ममा अभिनेत्री परमिता राणासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-10-06, बुधवार

यही असोज २१ गते (घटस्थापना) बाट हल खुल्न लागेको र तत्काल प्रदर्शन हुने फिल्मलाई राहत प्याकेजको घोषणा गर्न मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपस्थित हुन फिल्म सम्बद्ध संघ-संस्थाले कलाकारहरुलाई आग्रह गरेका थिए । तर, कार्यक्रममा दर्शकले चिनेका कलाकारमा भुवन केसीको मात्र उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-06, बुधवार

निर्देशक शोभित बस्नेतले कयौं अन्तर्वार्तामा राजेश हमाललाई ‘महानायक’ नभइ ‘सुपरस्टार’ भनेका छन् । धेरै सुपरहिट फिल्म दिएकाले यो उपाधिको हकदार भुवन केसी रहेको उनको तर्क हुन्थ्यो । दुई हप्ताअघि आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा पनि उनले भुवन केसीलाई ‘नेपाली फिल्म क्षेत्रको एक मात्र असली महानायक’ भनेर सम्बोधन गरे । 

Results : 6661 - 6666 of 24027
Most Visited News (monthly)