Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6649 - 6654 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-10-10, आईतवार
कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा उदाएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को सदुभावना दुतमा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा कलाकार विजय लामा नियुक्त भएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनलाई सद्भावना दुतमा नियुक्त भएको प्रमाणपत्र प्रदान गरियो ।
एजेन्सी, मुम्बई, 2021-10-10, आईतवार

टि-सिरिज र कलर येलो प्रोडक्सनले अनिरुद्ध अय्यरको निर्देशनमा निर्माण गर्न लागेको फिल्म ‘एक्सन हिरो’ का लागि आयुष्मान खुरानालाई रोजेको छ । आनन्द एल राय, भूषण कुमार र कृष्ण कुमारले निर्माण गर्ने यस फिल्ममा काम गर्न आयुष्मान निकै उत्साहित छन् । पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुन लागेका कारण यो फिल्म उनका लागि निकै चुनौतीपूर्ण मानिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-10-10, आईतवार
कोरोनाकालमा फिल्म क्षेत्र ‘महानायक र महानायिका’ उपाधिलाई लिएर विवादमय बन्यो । कसैले ‘महानायक’ उपाधिको हकदार राजेश हमाल नभइ भुवन केसी रहेको तर्क पेश गरे भने कसैले करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमाथि प्रश्न उठाए । दर्शक र फिल्मकर्मीको एउटा ठूलो समुह भने राजेश हमाललाई ‘महानायक’ र रेखा थापालाई ‘महानायिका’ मान्ने गर्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2021-10-10, आईतवार

निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मियो । यो विवाद यतिसम्म चर्कियो कि उनकै फिल्मलाई दर्शकले बहिस्कार गर्नेसम्मको कुरा उठाए । यसबाट डराएर शोभितले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने वाचा नै गरे ।

फिल्मीखबर, काठमाडौं, 2021-10-09, शनिवार

अभिनेत्री मलिका महतले लामो समयको अन्तरालपछि नयाँ फिल्म साइन गरेकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेको हो ।

एजेन्सी, मुम्बई, 2021-10-09, शनिवार

दक्षिण भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सामन्था प्रभु अक्किनेनी यतिबेला आफ्नो पर्सनल लाइफका कारण चर्चामा छिन् । हालै उनको नागा चैतन्यसँग डिभोर्स भएको छ । विवाह बन्धनमा बाँधिएको ४ वर्षमै उनीहरुले वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका हुन् । तेलुगू इन्डस्ट्रीमा उनीहरुलाई ‘आदर्श जोडी’ भनिन्थ्यो । यो जोडीको डिभोर्सको खबर अझै धेरैले पत्याउन सकेका छैनन् ।

Results : 6649 - 6654 of 24027
Most Visited News (monthly)