Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6445 - 6450 of 24027
एजेन्सी, मुम्बई, 2021-12-15, बुधवार

साउथका सुपरस्टार राणा दग्गुबती तेलुगूका चर्चित अभिनेता वेंकेटेशका आफ्नै भान्जा हुन् । उनले आफ्नो फिल्मी करिअरको सुरुवात सन् २०१० मा रिलिज भएको पोलिटिकल-थ्रिलर फिल्म ‘लीडर’ बाट गरेका थिए । तर, उनलाई वास्तविक पहिचान भने फिल्म ‘बाहुबली’ बाट मिलेको थियो । यो फिल्ममा भल्लालदेवको चरित्रमा उनले गरेको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2021-12-15, बुधवार

अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले यसै वर्षको असारमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । ६ महिना प्रेममा रहेपछि यो जोडीले विवाह गर्ने निर्णय गरेको थियो । संयुक्त साथीको माध्यमबाट पहिलो पटक एकअर्कासँग भेट गरेका उनीहरु दुई हप्तामा नै प्रेममा डुबेका थिए । एकअर्कासँग मिल्ने बानीले आफूहरुलाई मिलाएको हुनसक्ने उनीहरुको बुझाई छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-15, बुधवार

बुधवार ललितपुरको झम्सिखेलस्थित चिकेन स्टेशनमा नेपाली कलाकारहरुले ‘टू पिएम कोरियन रामेन नुडल्स्’ का विभिन्न परिकारको स्वाद चाखेका छन् । नायिका नीता ढुंगाना, नायक तथा युवा ज्योतिष हरिहर अधिकारी, गायिका सुनिता दुलाल, नायक प्रदीप बाँस्तोला, पत्रकार ऋषि धमला, सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने महिला निमा लमु शेर्पाले चिकेन स्टेशनले तयार गरेको ‘टू पिएम कोरियन रामेन’ का विभिन्न परिकार खाएका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2021-12-15, बुधवार

म्यूजिक भिडियोमा जमिरहेका जो कोहीलाई फिल्ममा काम गर्ने सपना हुन्छ । म्यूजिक भिडियोबाट फिल्ममा फड्को मार्नु ठूलो सफलता मानिन्छ । म्यूजिक भिडियोबाट आएका केही कलाकारहरुले फिल्ममा पनि राम्रो पकड बनाएका छन् । सयौं म्यूजिक भिडियोमा काम गरिसकेका मोडल निराजन प्रधानले पनि फिल्म साइन नगरेका होइनन् तर आजसम्म हिरो बन्न पाएका छैनन् ।

एजेन्सी, मुम्बई, 2021-12-14, मंगलवार

अभिनेता आयुष्मान खुरानाको हाल प्रदर्शनरत फिल्म ‘चन्डीगढ करे आशिकी’ समीक्षात्मक रुपमा सफल ठहरिएको छ । यसमा उनले एक ट्रान्स वुमनको प्रेममा पर्ने युवकको भूमिका निर्वाह गरेका छन् । फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गरिरहेको छ । तर, बक्सअफिसलाई सम्झेर टाउको फोड्नुभन्दा फिल्मको माध्यमबाट बहस छाड्न आफूलाई मनपर्ने उनले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-14, मंगलवार

ऋषिराज आचार्य निर्देशित फिल्म ‘चुरिफुरी’ आगामी पुष ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सानो पर्दामा रुचाइएका हाँस्य कलाकारहरुको बाहुल्यता रहेको फिल्मले वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई उठाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा कलाकारलाई लिएर प्रचार-प्रसारमा दौडिरहेका निर्देशक आचार्य फिल्म निकै बलियो बनेको दाबी गर्छन् ।

Results : 6445 - 6450 of 24027
Most Visited News (monthly)