मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

बिनिताको नयाँ फिल्म `सुपरहिट`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/20

पहिलो फिल्म चपली हाईट सुपरहिट भएपछि एकाएक चर्चा पाएकी नायिका बिनिता बरालको दोस्रो फिल्म भने फ्ल्प भयो । दोस्रो फिल्म फ्ल्प भएपछि एकाएक हराएकी बिनिता अहिले भने सुपरहिट फिल्म लिएर आएकी छिन् ।

 

आईतवार राजधानीमा एक कार्यक्रमका विच बिनिताले अभिनय गरेको तेस्रो फिल्म 'सुपरहिट' को शिर्षक सहित फस्टलुक रिलिज गरियो । सस्पेन्स थ्रील शैलीको उक्त फिल्ममा बिनिता आरजेको भुमिका प्रस्तुत भएकी छिन् भने नयाँ अनुहारहरू दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्लीको साथमा शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरेका हुन् ।

 

चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्ममा सुरेश राईको संगीत रहेको छ भने रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । दुई वटा गीत समावेश गरिएको सो फिल्मको एउटा गीत संगीतकार राईले लेखेका छन् भने अर्को गीत बिनिताले नै लेखेकी छिन् । फिल्मको कथा बिनिताको वरिपरि नै घुमेकाले फस्टलुकमा बिनितालाई नै प्राथमिकता दिईएको छ ।