मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सो सिम्पलको अडियो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/13

थुप्रै हिट फिल्म दिईसकेका शिब रेग्मीले निर्देशन गरेको फिल्म 'सो सिम्पल' मा रहेका चार वटा अडियो गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । निर्देशक रेग्मीको छोरी भावना र स्क्रिप्ट राईटर प्रदीप भारद्धाजका भाई प्रमोद लिड रोलमा रहेको सो फिल्मलाई केशव भट्टराईले निर्माण गरेका हुन् ।

 

तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्मका गीतमा फिल्मको लेखक समेत रहेका प्रदिप भारद्धाजको साथमा शिब रेग्मी र कुमार बिबाहितको शब्द तथा प्रमोद खरेल, रजिना रिमाल, दीपक लिम्बु र युवराज चौलागाईंको स्वर सुन्न सकिनेछ । फिल्मको दुई वटा गीतलाई गोपाल रसाईलिले एरेञ्ज गरेका हुन् भने बाँकी एक-एक वटा गीतमा राजश इशान र महाराज थापाले एरेञ्ज गरेका छन् ।
 

कार्तिक ३ गते देशभर एकसाथ प्रदर्शनमा आउने बताईएको सो फिल्ममा राजबल्लभ कोईराला, स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा तथा भिजे शिशिर भण्डारीको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् । कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्मका करियोग्राफर कविराज गहतराज हुन् भने द्धन्द हिमाल केसीको रहेको छ ।
 

अडियो गीत सुन्न यहाँ क्लिक गर्नुहोला - So Simple Audio Songs