मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सो सिम्पल` सुटिङ्ग अन्तिम चरणमा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/19

बैशाखको अन्तिम साता देखि फ्लोरमा गएको चर्चित मेकर केशव भट्टराईको फिल्म 'सो सिम्पल'को ८० प्रतिशत सुटिङ्ग सकिएको छ । 

 
राजधानी आसपासका केही क्षेत्र   सहित राजधानीका विभिन्न लोकशनमा सुटिङ्ग चलिरहेको सो फिल्मको शिर्ष गितको सुटिङ्ग सोमबार काठमाण्डूको भृकुटी मण्डपमा गरिएको थियो । दशैको फुलपाती रिलिज लक्ष्य  राखिएको उक्त फिल्मको निर्देशक  शिव रेग्मी हुन । तर गितको सुटिङ्ग भएकाले उनले सम्पूर्ण गित खिच्ने जिम्मा कोरियोग्राफर कविराज गहतराजलाई दिएकाले उनी सोमबार रेष्टमा रहे । 'अबको पन्ध्र  दिन भित्र बाँकी सुटिङ्ग सकिन्छ होला ' प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटा ले जानकारी गराए। उनका अनुसार फिल्मलाई  उत्कृष्ट बनाउन  कम्प्रमाइज गरिएको छैन। फिल्मीखबर सुटिङ्ग स्पटमा पुग्दा प्रोड्यूसर भट्टराई न देखिए पनि  सुटिङ्ग सभ्य शैलीले भईदिदा भृकुटी मण्डपमा दर्शकहरुको घुईचो धेरै थियो । 
 
'यहि फिल्मका लागि मैले अफर आएका चार वटा फिल्म छाडे किन किन यो फिल्मको गुदी अलि फरक छ ।'  सो फिल्मबाट हिरोमा डेब्यू गरेका प्रमोद भारद्धाजले भने ।  यस्तै सोही फिल्मबाट हिरोईनमा डेब्यू गरेकी निर्देशक रेग्मीको छोरी भावनाले बल्ल बाबुले गरेको दुखको अर्थ आफूले पनि बुझेको  बताईन् । भावना र प्रमोदले पानीले रुझेर सोमबार शिर्ष गितको सुटिङ्ग गरे । ३२ बिटका लागि पानी पारेर खिचिने सिन भएपनि घण्टौ लागेको थियो ।
 
सो फिल्ममा राजबल्लभ कोईरालाको साथमा नयाँ हिरोईन स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा तथा भिजे  शिशिर भण्डारीको पनि महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षको भनाइ छ् । रिलिज डेट सम्म ७० लाख बजेट पुग्ने आनुमान  लगाईएको सो फिल्म कोटकी कालिका देवी फिल्मसको ब्यानरमा निर्माण गरिएको हो । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन । 
 
 
सुटिङ्गका केही तस्बिरहरु