मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सो सिम्पलमा राजबल्लभ पनि

फिल्मीखबर, काठमाण्डौ, 2012/04/26

केशव भट्टराईको प्रोडक्सनमा बन्न लागेको नयाँ फिल्म सो सिम्पलको मुहुर्तमा नदेखिएका राजबल्लभ कोईराला सो फिल्ममा अनुबन्धित भएका छन् । निर्देशक शिव रेग्मीको हितैषी मित्र श्रीकृष्ण श्रेष्ठ र श्रीको अतिप्रिय हिरोईन स्वेता खड्का सो फिल्ममा अनुबन्धित हुने कुरा थियो तर विविध कारणले राजबल्लभ कोईराला र गरिमा पन्त सो फिल्ममा देखिने भएका छन्  ।

 

बाहिरिएको खबर अनुसार शिव रेग्मीले आफ्नी छोरी भावना लाई सो फिल्मबाट डेब्यू गराए पनि उनले आर्मीको रोल भएको अर्को क्यारेक्टरमा आफ्नो प्यानलका श्रीलाई राख्ने मौखिक फाईनल गरेका थिए यध्यपी श्रीले आफ्नो अपोजिटमा स्वेता राख्न रेग्मीलाई आग्रह गरेको कारण प्रोड्यूसर डाईरेक्टर बीच केही असन्तुष्टी बढेको थियो जसकारण मुहुर्तको दिन श्री एक्लै उपस्थित थिए तर त्यतिबेला सो सिम्पलमा उनी खेल्दैछन् भनेर उनको नाम लिईएको थिएन ।

मुहुर्तमा गरिमाको पनि उपस्थिति थियो तर उनी पनि सो फिल्ममा खेल्दैछिन् भनेर बताईएको थिएन तर अहिले सो स्थानमा राजबल्लभ र गरिमा खेल्ने निश्चित भएपछी सो सिम्पल कलाकार छनौटमा निर्देशक र निर्माताको अन्तिम समयमा कम्रमाईज भएको देखिएको छ । किनकी गरिमा जो निरिन्तर शिव रेग्मीको फिल्ममा दोहोरिरहेकी हिरोईन हुन् र राजबल्लभ पछिल्लो समय केशव भट्टराईको छोडी गए पाप लाग्लाको हिरो तसर्थ कलाकार छनौटमा असन्तुष्टीको खबर बाहिरी रहेका बेला सो सिम्पलमा एकजना निर्देशक र अर्को निर्माता प्यानलका कलाकार लिड रोलमा  छनौट भएका छन् ।

 

बैशाख १५ भनिए पनि १७ गते देखी फ्लोरमा जाने फाईनल भैसकेको सो फिल्म तिन बर्ष अघि नै बन्ने कुरा थियो तर विविध कारणले यो बर्ष सुरु गरिएको हो । राजबल्लभको दुई दिन अघि एग्रीमेन्ट भएको हो भने गरिमाको कागजी एग्रीमेन्ट मात्र  बाँकी छ  । यो बिषयमा प्रोड्यूसर भट्टराईले भने, 'गरिमा फाईनल भन्दा हुन्छ ।'