मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

सो सिम्पल मूहुर्त: शिव रेग्मीको पुर्नजन्म

फिल्मीखबर, काठमाण्डौ, 2012/04/20

बैशाख पन्ध्र गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको केशव भट्टराईको छैठौं फिल्म 'सो सिम्पल' को शुभमुर्हुत गरिएको छ । शुक्रबार बिहान ललितपुर स्थित महालक्ष्मी स्थान मन्दिर परिसरमा नाम चलेका फिल्मकर्मीको उपस्थितिमा सो फिल्मको मूर्हत गरिएको हो ।

 

'केशव जीसंग तेस्रो फिल्म गर्दैछु जसमा मेरी छोरीले पनि ताते ताते गर्दै अगाडी बढ्ने प्रयास गरेकी छिन् । तसर्थ यो प्रोजेक्ट मेरा लागि पनि पुर्नजन्म जस्तै हो', मूर्हत समारोहमा निर्देशक रेग्मीले भने । यस्तै उनले नयाँ धारमा केन्द्रित रहेर उत्कृष्ट फिल्म बनाउन पछि नपर्ने पनि अठोट ब्यक्त गरे । उनले भने, 'मैले पुरानो क्यानभासमा नयाँ शैलीको फिल्म बनाउने प्रयास गर्नेछु ।'



'सो सिम्पल' बाट रेग्मीको ट्वान्टी क्रस छोरी भावनाले हिरोईनमा डेब्यू गर्दैछिन् जो ब्याचलर फष्ट ईयरमा नर्सिङ बिषयमा अध्ययनरत छिन् । 'नर्सिङ मेरो फ्रोफेसन हुने छ भने एक्टिङ मन देखिको ईच्छा हो । त्यसैले पढाई एकातिर भएपनि मैले फिल्म लाईन पनि रोजेको हुँ', फिल्मीखबरसंगको कुराकानीमा उनले भनिन् । डिम्पल गर्ल भावनाको जोडी भएर स्क्रिप्ट राईटर प्रदीप भारद्धाजका भाई प्रमोद हिरोको रूपमा देखिदैछन् । यि दुवैका लागि यो पहिलो फिल्म हो । समारोहमा उनीहरूले एउटा गितमा नाचेर मुर्हुत सट दिएका थिए ।

 


'बैशाख पन्ध्र भनिएको छ तर सत्र देखि सुरू हुने सम्भावना छ', प्रोड्यूसर भट्टराईले भने । शिव रेग्मीसंग मिलेर उनले आफ्नो मान्छे र पाहुना जस्ता सुपरहिट फिल्म बनाएका थिए ।  कोटकी कालिका देवी फिल्मसको ब्यानरमा निर्माण हुने 'सो सिम्पल' लाई प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मलाई टुके क्यामेरा दीपक बज्राचार्यले खिच्ने छन् । यस्तै फाईट हिमाल केसीको रहने छ भने म्युजिक ताराप्रकाश लिम्बुले तयार गरेका छन् ।

फिल्ममा प्रोड्यूसर भट्टराई सहित अर्जुन श्रेष्ठ, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा, विल्सन विक्रम राई, विद्या काफ्ले, राहुल प्रजापति, कमलकृष्णको पनि अभिनय रहने छ । ४५ दिनको प्याकेजमा फ्लोरमा जाने सो सिम्पलको काठमाण्डू र काभ्रेमा सुटिङ हुने छ ।

 

मुहुर्त समारोहका तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस् : 'सो सिम्पल' मुर्हुत