Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड अभिनेता नाना पाटेकरको निधन

एजेन्सी, काठमाडौं, 2026/10/08

nana patekar

 

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी गोवाको डोना पाउलास्थितस्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई स्थानीय मणिपाल अस्पताल लगिएको थियो । तर, चिकित्सकले अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए । उनको निधन बिहीबार बिहान ५ः२० बजे भएको हो । 

भारतीय सञ्चारमाध्यम ‘इन्डिया टाइम्स’का अनुसार मणिपाल अस्पतालका क्यान्सर विभाग प्रमुख डा. शेखर सालकरले नानालाई लगातार ४५ मिनेटसम्म मुटु र फोक्सो पुनः चलाउन सीपीआर दिएका थिए । तर त्यो प्रयास सफल हुन सकेन । उनको निधनपछि चिकित्सकीय कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

राष्ट्रिय चलचित्र पुरस्कार विजेता नाना हिन्दी र मराठी फिल्मका चर्चित अभिनेतामध्ये एक थिए । १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका नानाको अभिनय यात्रा सन् १९७० को दशकको अन्त्यतिर सुरु भएको थियो । ‘गमन’ उनको पहिलो फिल्म थियो, जुन सन् १९७८ मा प्रदर्शन भएको थियो । यसमा उनी वासु पात्रको भूमिकामा थिए ।

प्रभावशाली अभिनय, संवाद प्रस्तुत गर्ने शैली र जटिल पात्रलाई समेत जीवन्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमताका कारण बलिउडमा छुट्टै पहिचान बनाएका नानाले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । उनले ‘परिन्दा’ (१९८९ ), ‘क्रान्तिवीर’ (१९९४) र ‘अग्निसाक्षी’ (१९९६)का लागि राष्ट्रिय अवार्ड पाएका थिए । उनलाई सन् २०१३ मा पद्मश्रीबाट समेत सम्मानित गरिएको थियो ।