मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ को मुहूर्त, रिलिज टार्गेट शिवरात्री

फिल्मीखबर, काठमाण्डौ, 2019/06/19
पछिल्लो समय बक्सअफिसमा दुई/चार पैसा राम्रो कमाएका फिल्मको सिक्वेल बनाउने क्रम निकै बढेको छ । ‘नाईं नभन्नू ल’ ले सुरु गरेको यो परम्परालाई अहिले धेरै फिल्मले आत्मसात् गरेका छन् । ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ हुँदै गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन’ को पनि दोस्रो पार्ट निर्माण हुने भएको छ । बुधबार यस फिल्मको शुभ मुहूर्त गरियो । 
 
 
कमलादीस्थित गणेश मन्दिरमा गरिएको मुहूर्त समारोहमा फिल्मका निर्माता/निर्देशकदेखि कलाकारहरुको उपस्थिति रहेको थियो । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । पहिलो पार्टको पनि उनले नै क्याप्टेनसिप सम्हालेका थिए ।  ‘लप्पन छप्पन’ मा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा सिवाकोटी लिड रोलमा थिए । दोस्रो पार्टमा वर्षा अटाएकी छैनन् । बाँकी यथावत छन् । 
 
 
‘लप्पन छप्पन २’ मा अभिनेता अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारको पनि प्रमुख भूमिका रहनेछ । अनुप यसको अघिल्लो भागमा थिएनन् । यसमा उनको नेगेटिभ रोल रहेको जानकारी प्राप्त छ । असार ११ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ । नेपालसहित अष्ट्रेलिया र युरोपमा फिल्म खिचिँदैछ । 
 
 
फ्लोरमा जानुभन्दा अगावै फिल्मको प्रदर्शन मिति महाशिवरात्रीको छेको अर्थात् फागुन ९ गतेलाई घोषणा गरिएको छ । चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् । कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई अमित शर्मा र विवेक पाण्डेले सघाएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । 
 
 
इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्ने फिल्ममा राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत रहनेछ । फिल्ममा सिमोस तामाङ एक्सन डाइरेक्टरको रुपमा अनुबन्ध भएका छन् भने एक्सन डिजाइनरमा हिमाल केसी छन् । यसमा शैलेस श्रेष्ठले ब्याकग्राउण्ड स्कोर गर्नेछन् । फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ ।