मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

आयो निखिलको ‘भिलेन’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/23
 
एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को 'एक्सन प्याक्ड' ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ ।
 
ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलले पर्याप्य 'स्क्रिन स्पेस' पाए पनि अर्की अभिनेत्री निशा अधिकारीलाई भने अत्यन्त कम छ । पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्ममा कपिल खत्रीको पनि लिड अभिनय छ । फिल्ममा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् । 
 
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । 
 
फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पर्दामा फर्किएका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-